पवनको अर्धशतकमा काठमाडौंलाई १ सय ५८ रनको लक्ष्य

लोकपथ
676
Shares

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ लाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का हानेका थिए ।

योगेन्द्र सिंह कार्कीले ३३ रन शंकर रानाले १४ रन, रनजुङ मिक्यो दोर्जीले १७ रन र नारायण जोशीले १२ रन बनाए ।

ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी सुन्य रनमा अविजित रहे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २र२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?