३१ आश्विन २०७८, आईतवार

सेनिटरी प्याडमा कर लगाउने सरकारको निर्णयमा नेता सिंहले उठाए प्रश्न

२०७८,आश्विन,९,शनिवार १४:०२


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए ।

“२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ । त्यसले पूर्णता पाएको छैन । घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन,” शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले भने ।  “उहाँहरूका अदालतमा मुद्दा छ । गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो । प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्‍यो ।”

नेपालमा लगानी गर्नेका लागि स्रोत नखोज्ने र सेनिटरी प्याडमा कर लगाउने सरकारको योजनामा पनि सिंहले प्रश्न उठाए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यस्ता निर्णयमा ध्यान दिएर हेर्नुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उनको भनाइ थियो ।

“राजनीति भनेको सेवाको क्षेत्र हो, मेवा खाने क्षेत्र होइन” भन्दै नेता सिंहले अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए । “पुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आश जगाउनुपर्छ” उनले भने । राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइसकेपछि नेतालाई बारम्बार पदमा पुर्‍याउने काम गर्न नहुने उनले बताए । पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनको मिति पटकपटक सर्नुको कारण संगठन कब्जा गर्ने मनशाय रहेको पनि सिंहले आरोप लगाए । कांग्रेसमा अहिले ‘ए कांग्रेस’, ‘बी कांग्रेस’ र ‘सी कांग्रेस’ मात्रै देखिएको तर कांग्रेस नदेखिएको भन्दै उनले आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाइने बताए । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७४ दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति: २०७८,आश्विन,९,शनिवार १४:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-४, पोखरियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम शनिबार भव्यताका साथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा

ताजा समाचार