काबिल नेतृत्व छानौँ भन्दै गगन थापाले दिए अधिवेशन सफलताको शुभकामना

लोकपथ
338
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् ।

नेता थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अधिवेशन सफलताको कामना गरेका हुन् ।

फेसबुकमा लेख्दै उनले भनेका छन् “स्थानीय तहका लागि नेतृत्व छनोट गर्न नेपाली कांग्रेसको गाउँरनगरपालिकाको अधिवेशन आजबाट प्रारम्भ हुदैछ। देश संघीयतामा गइसकेपछिको यो पहिलो अधिवेशन हो। संघीय संरचनामा स्थानीय तह पार्टीको जनतासंगको पहिलो र महत्त्वपूर्ण संवाद विन्दु हो, जग हो, मुहान हो। जग बलियो भयो भने मात्रै घर बलियो बन्न सक्छ, जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिङ्गो देशको छहारी बन्न सक्छ। आजको अधिवेशनबाट स्थानीय तहको विकास, पार्टी संगठनको सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट गर्नुहुनेछ भन्ने विश्वास सहित आज हुन गइरहेका गाउँपालिका, नगरपालिका अधिवेशनको सफलताको कामना गर्दछु। जय नेपाल! #कांग्रेसपुनर्निर्माण”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?