३१ आश्विन २०७८, आईतवार

नाडाको साधारण सभा र निर्वाचन मंसिरमा हुने

२०७८,आश्विन,९,शनिवार १३:४६


काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ ।

नाडाको असोज ८ गते सोल्टी होटल काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २२ र २३ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ ।

नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ । सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरूलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाका महासचिव सुनिल रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७८,आश्विन,९,शनिवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति

काठमाडौं ।  पछिल्लो समय रेमिट्यान्स (विप्रेषण)मा आएको गिरावटसँगै नेपाल राष्ट्र बैंकले विषेश चासो राखेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहको

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ । राष्ट्र बैंकले नोट संरक्ष्णका लागि

काठमाडौं। दोलखाका लामीडाँडाका प्रेमप्रसाद खतिवडा विगत ६-७ वर्षयता काठमाडौंको न्यूरोड आसपासमा भारी बोक्ने काम गर्छन् । उनले विगतका वर्षहरूमा प्रशस्तै

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०