स्वास्थ्य मापदण्ड पालना गरी पालिका अधिवेशनमा सहभागी हुन सभापति देउवाको आग्रह

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी पालिका अधिवेशनहरूमा सहभागी हुन पार्टी नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशन तयारीका लागि शनिबारदेखि कांग्रेसका पालिकास्तरका समितिहरूको अधिवेशन सुरु भएको छ ।

“आजदेखि सुरु भएको नगर र ३गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत तथा शुभकामना । कोभिड–१९ महामारीको समयमा स्वास्थ्य मापदण्डको पालनागरी अधिवेशनमा सहभागी हुनु हुन अनुरोध गर्छु” सभापति देउवाले भनेका छन् ।

“जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।” देउवाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?