नागढुंगाबाट ९५ लाख बरामद, दुई जना प्रहरी नियन्त्रणमा

लोकपथ
378
Shares

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख बरामद गरेको छ । नागढुंगा चेक प्वाइन्टबाट सागर माली र कृष्ण अढाडे स्रोत नखुलेको ९५ लाख सहित पक्राउ परेका हुन् ।

सागर माली र कृष्ण अढाडे चितवनबाट काठमाडौं आउँदै गरेको बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको र रकम कहाँबाट आया भन्ने बारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनीहरु हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए । उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?