ईपीएल : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

लोकपथ
455
Shares

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । ईपीएलको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र काठमाडौंबीचको खेल टियु क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्न छन भने, काठमाडौंको सन्दीप लामिछाने कप्तानी गर्ने छन् ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके रहेका छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश रहेका छन् ।

चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?