यस्तो छ आजको विनिमयदर (सूचीसहित)

लोकपथ
182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६२ पैसा, बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा, बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?