८ कार्तिक २०७८, सोमवार

बलेवामा नगर अस्पताल सञ्चालन

२०७८,आश्विन,९,शनिवार ०७:५१


पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।

बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे । तत्काल पुराना संरचनामा अस्पताल सञ्चालन गरिएको छ । “एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौँ, जनशक्ति समेत थप्ने योजना छ”, पौडेलले भने । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि नौ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन रु १८ करोड बजेट बिनियोजन गरिएको छ ।

‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झण्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

“सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग सङ्कलन समेत भइरहेको छ”, उनले भने । रोजगारका लागि विदेशमा रहेकाहरुले समेत अस्पताल निर्माणका लागि सहयोग गर्न थालेको पौडेल बताउँछन् । भरपर्दो अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा, पोखरालगायतका ठाउँ जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: २०७८,आश्विन,९,शनिवार ०७:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत÷प्रेत

घोराही । सामुहिक बलात्कारको भिडियो बनाउने तीन जना पक्राउ परेका छन् । महिलालाई प्रलोभन र प्रभावमापारी प्रेम गरेको नाटक गरेर

काठमाडौं । अमेरिकाबाट आज १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । अमेरिकाले नेपालाई अनुदानमा दिने

श्वास प्रश्वास सम्बन्धी देखिने एलर्जीक राइनाइटिसको समस्या अहिले बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । वायुमण्डलमा भएका विभिन्न किसिमका प्रदूषण देखि

ताजा समाचार

थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४
विद्यार्थी खोज्दै विद्यालय
 २०७८,कार्तिक,८,सोमवार ०७:५४
धानबालीमा सवा आठ अर्बको क्षति
 २०७८,कार्तिक,८,सोमवार ०७:३७