तपाईँको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल

लोकपथ
1.1k
Shares

वि.सं.२०७८ साल असोज ०९ गते । शनिवार । ईश्वी सन् २०२१ सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– चतुर्थी, बिहान ०९ बजेर ०० मिनेट उप्रान्त पंचमी । नक्षत्र– भरुणी, बिहान ११ बजेर ३८ मिनेट उप्रान्त कृतिका । योग– हर्षण, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त बज्र । करण– बालव, बिहान ०९ बजेर ०० मिनेट उप्रान्त कौलव, बेलुकी ०९ बजेर ५७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष,बेलुकी ५ बजेर ५५ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेट । दिनमान ३० घडी ०४ पला । पञ्चमीश्राद्ध ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच बिश्वास बढ्नेछ । होटल,रेष्टुरेन्ट तथा बोलेर गर्ने पेशा व्यावसाय फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अरुको भर पर्दा महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतीको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाती रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरु सँग मनमुटाव बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानी कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछी पर्ने अधिक सम्भावना रहेकोछ । साझको समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलव्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्या तथा कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । विलाशी तथा भौतिक बस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरुका लागी समयले साथ दिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । बिद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । अदालती निर्णयहरु तपाईँको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागी टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ । साझको समय राम्रो रहेकोले रमाईलो यात्रा हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथिभाई तथा आफन्तहरु तपाईँको आलोचना गर्न लागी पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला । मध्यान्हवाट समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यावसायमा लगानि गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागी यात्राको अवसर जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । बुद्धि तथा बाणिको माध्यमले धेरैको मन आफुतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?