निधि, कोइराला र सिंहबिच भेटवार्ता, विभिन्न विषयमा समझदारी बनेको दाबी

लोकपथ
520
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिको आकांक्षी देखिएका तीन नेताबीच शुक्रवार भेटवार्ता भएको छ ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो । भेटमा तीन नेताबीच छलफललाई निरन्तरता दिने र सभापति पदका आकांक्षी अन्य नेताहरुसँग पनि सहमतिमा नेतृत्व चयनका विषयमा छलफल गर्ने सहमति भएको नेता सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

यस्तै महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरुलाई मध्यनजर गर्दै निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आआफ्नो ठाउँबाट भुमिका खेल्ने सहमति समेत भएको जनाइएको छ । तीन नेताले सरकारलाई चाँडो पूर्णता दिँदै गठबन्धन सरकारलाई जनउत्तरदायी भएर काम गर्न आग्रह समेत गरेका छन् । उनीहरुले सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएको लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?