शनिवार पनि आरजिटिएस चल्ने

लोकपथ
221
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिवार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?