सुदूरपश्चिम प्रदेशका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा

लोकपथ
442
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजिनामा पत्र पठाएको उपाध्यक्ष साउदले जानकारी दिए ।

मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउदै सक्कल पत्र आएपछि राजिनमाबारे छलफल गरिने बताए ।

एमालेसम्बद्ध मन्त्रीहरु प्रदेश सरकारवाट बाहिरिएपछि प्रदेश सरकारलाई काम गर्न सहजहोस् भनेर राजीनामा दिएको र राजीनामा पत्रको सक्कल नै कुरियरवाट पठाएको उनले बताए ।

एमाले निकट उपाध्यक्ष साउद एमालेको योजना विभागमा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?