नेपालमा पहिलोपटक सुरक्षित हेल्मेट अभियान सुरु

लोकपथ
287
Shares

काठमाडौं । नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर(Hartwig Schafer_ Head of FIA Road Safety and Global Advocacy) लुका पास्कोतो पुर्वमन्त्री तथा सांसद योगेश भट्टराई, प्रतिनिधि सभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुवेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधी फारिस हदाद जेरोभोस (Faris Hadad-Zervos) ले संयुक्त रुपमा हेल्मेट सार्वजनिक गरेका हुन् ।

इन्टरनेसनल फेडेरेसन अफ अटोमोवाइलको सहयोग र वल्र्ड बैंक सँगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएसनले सुरक्षित हेल्मेट अभियानको संचालन गर्ने भएको छ ।

यस अभियान अन्तर्गत नेपालभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि ३०० बढी हेल्मेट वितरण गरिनेछ । कार्यक्रममा विश्व बैंकको तर्फबाट हर्टवीग स्काफेरले सडक दुर्घटनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनु पर्ने आवश्यक कदम बारे अवगत गराए ।

अभियानले नेपालमा बढ्दो दुई पाङ्ग्रे सवारी दुर्घटनालाई कम गराउन र दुर्घटना पछि हुने क्षतिलाई न्युनिकरण गर्न, सुरक्षित हेल्मेट प्रयोग गर्न सवारीचालकलाई सचेतना दिनेछ । साथै अभियानले हेल्मेटको राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिँदै मोटरसाइकल चालक तथा पछाडी बस्ने यात्रुले समेत अनिवार्य रुपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्था गर्न सरकारलाई दिने बताइएको छ ।

कार्यक्रममा FIA द्वारा प्रदान गरिएको UN Standard हेल्मेट सार्वजनिक गर्दै विभिन्न लक्षित समुहका प्रतिनिधि सुरक्षित र दीगो यातायात नेपालका हेमन्त तिवारी,अपांग महासंघकी देवु पराजुलीलाई हेल्मेट उपहार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?