बसन्त चौधरीलाई हृदयघात

लोकपथ
427
Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ।

नियमित स्वास्थ्य परीक्षणका लागि दुबई पुगेका बेला चौधरीलाई हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ । हृदयघात भएसँगै उनको मुटुको शल्यक्रिया गर्ने तयारी रहेको छ ।

गत साता चौधरीको नर्भिक अस्पतालमै ‘एन्जियोग्राफ’ गराउँदा मुटुमा थोरै समस्या देखिएको थियो । अस्पतालको आग्रहपछि उनलाई तीन दिन अघि दुबई लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?