ईपीएल खेल्ने टोली र जर्सी सार्वजनिक

लोकपथ
70
Shares

काठमाडौं । किंग्स इलेभेन काठमाडौंले ईपीएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ ।

एभरेष्ट प्रिमियर लिग (इपिएल)को चौँथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर बनाएको टोलीलाई शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

काठमाडौं आएका अफ्रिदीले शनिबार र सोमबार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किंग्स इलेभनबाट खेल्न काठमाडौं आएका अफ्रिदीले नेपालले दिएको सम्मानले आफूलाई खुसी बनाएको बताए । कार्यक्रममा किग्स इलेभनका कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टीमले सुखद नतिजा दिने बताए ।

आफ्रिदिको अनुभवले टीमलाई राम्रो खेल्न सहयोग पुग्ने बताए । किग्स इलेभन काठमाडौँको टीममा ४ जना विदेशी खेलाडी सहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ,सवास खकुरेल,राजु रिजाल, शेरमल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख,दिपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द,अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् ।

यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश,रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् । किग्स इलेभन काठमाडौले शनिबार अघिल्लो संस्करणको बिजेता ललितपुर पेट्रियोटसविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?