नेपालमा कोरोना : १४ सय बढीमा कोरोना, हालसम्म कतिले लगाए खोप (तथ्यांकसहित)

लोकपथ
416
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर १५ हजार ६ सय ९० जनाको परीक्षण गर्दा १ हजार १ सय ३ जनाको पीसीआर र ३ सय ७३ जनामा एन्टीजेन पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८० हजार १ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार ५ सय ५० जना कोरोनामुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८१ पुगेको छ ।

हालसम्म नेपालमा ५९ लाख ४६ हजार २२ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । भने ६३ लाख ८० हजार ५ सय ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

केही समय यता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार २ सय ८७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?