गगन थापाको प्रश्न : ‘बेहालमा पार्टी चलाइरहने कि बदल्ने ?’

लोकपथ
299
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीभित्र विधि विधान हराउँदै गएको बताउँदै आगामी महाधिवेशनका लागि महामन्त्रीका उम्मेदवार रहेका नेता थापाले सो कुरा बताएका हुन् ।

क्रियाशील सदस्यता विवादका कारण पार्टी बेहालको अवस्थामा रहेको बताउँदै यहि हालतमा वा नेतृत्व फेरेर पार्टी चलाउने भन्दै प्रश्न समेत गरे ।

‘अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं। कांग्रेस पुनर्निर्माण’ नेता थापाले भनेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनको मिति विभिन्न मितिमा परिवर्तन भएकोप्रति इंगित गर्दै उनले माथिका नेताहरुले छलफल बिना नै सजिलै मिति सार्ने गरेको आरोप लगाए ।

नेता थापाले भनेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?