एमाले बैठक : विधान महाधिवेशनको प्रस्तावमाथि छलफल गर्न १० समूह गठन

लोकपथ
338
Shares

काठमाडौं । शुक्रबारबाट नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आगामी असोज १५ गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवेशनलाई लक्षित गरेर आज र भोलिका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

आजको बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल समूह बनाएको छ ।

बैठकमा सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको हो ।

उक्त समितिले विभिन्न प्रस्तावहरुमाथि छलफल गर्नेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

बैठकमा एमाले महासचिव ईश्वर पोखरेलले सांगठनिक उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। भने भोलि बस्ने बैठकमा तीन वटै प्रस्ताव पारित गरिने छ ।

अर्को बैठक भोलि बिहान ११ बजे ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?