नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास, एक युवक पक्राउ

लोकपथ
266
Shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । शुक्रबार संग्रहालय अवलोकनका लागि गएका एक युवकले संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?