भोलिदेखि ६४ जिल्लामा पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न ६४ जिल्लामा असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ ।

शुक्रबार (आज) सिंहदरबारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

विभिन्न २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गरेका थिए । तर बैठकमा त्यसो सम्भव नभएको भन्दै ६४ जिल्लामा शनिबार अधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बाँकी रहेको १३ जिल्लाका पनि छिट्टै क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेसको बिहीबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा दशैँपछि हिमाली जिल्लामा जाडो बढ्ने भएकाले त्यस अघि नै अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?