‘चुनावमा प्रचण्ड भर्सेज बादल हुनसक्छ’

लोकपथ
546
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै चुनाव लढ्ने चुनौती दिएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका बादलले सो कुरा बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग उनले बादलले भने, ‘चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितीमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ ।’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएसँगै माओवादी छाडेर बादलले एमाले रोजेका थिए । पार्टी विभाजन हुने बेला बादलले प्रचण्डहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएका थिए भने प्रचण्डले बिहीबार मात्रै एक सार्वजनिक कार्यक्रममा बादलको नाम सुन्दा पनि एलर्जी हुने भन्दै आलोचना गरेका थिए ।

२०६४ सालमा बादल तत्कालीन एकीकृत माओवादी केन्द्रका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । तर त्यसयता बादलले त्यहाँबाट निर्वाचन लढेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?