एमाले बैठक : ओलीले पेस गरे राजनीतिक प्रतिवेदन

लोकपथ
247
Shares

काठमाडौं । शुक्रबार (आज) देखि नेकपा (एमाले) को कैन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

आगामी असोज १५ देखि १७ गतेसम्म हुने विधान महमाधिवेशनको तयारीस्वरुप बोलाइएको बैठकका लागि विभिन्न एजेन्डाहरु तय गरिएको छ ।

शुक्रबारको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन्। बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ । अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए।

उनले भने, “विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्नेछ । हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या छन् । त्यसमा छलफल गर्नुपर्छ । आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक छ ।”

बैठकमा पार्टीका केन्द्रीय निकायमा प्रतिवेदन प्रस्तुत गरिने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार जारी बैठकमा राजनीतिक प्रस्ताव पेस, संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गरिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?