मनमैजु शुभकामना चोकबाट सुनको गहना चोरी

लोकपथ
189
Shares

काठमाडौं । तारकेश्वर नगरपालिका-९ मनमैजु शुभकामना चोक बस्ने महेश सिलवालको घरबाट करिब ८ लाख ९० हजार रुपैयाँबराबरको सुनका विभिन्न गहना चोरी भएको छ ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्ति प्रवेश गरी दराजमा रहेको सुनको विभिन्न गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?