काठमाडौंको ठमेलसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

लोकपथ
234
Shares

काठमाडौं । काठमाडौंको ठमेलसहित देशका विभिन्न स्थानमा जना मृत अवस्थामा फेला गरेका छन् ।

सोही क्रममा काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित बिहानी होटलको १०२ नम्बर कोठामा जर्मन नागरिक ४० वर्षीय डेभिड मिट्जक्याट बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटना सम्बन्धमा सोधपुछका लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-८ गौरीघाटस्थित किराँतेश्वर मन्दिर जाने बाटोमा गौरीघाट बस्ने ओखलढुँगा घर भएका नाम थर नखुलेका करिब ५२ वर्षीय पुरुष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी पाल्पा, बगनासकाली गाउँपालिका-७ खानिगाँउ झाक्रीस्थान बस्ने ३१ वर्षीय दिपक भट्टराई आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, सूर्नया गाउँपालिका-४ लेकडाँडा बस्ने ५७ वर्षीय कमल सिह महरा सोही ठाउँ हरिपुरस्थित पसलको अगाडि बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा आवश्यक सोधपुछको लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, राजपुर नगरपालिका-५ बस्ने ६० वर्षीय राम सरुप राय आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?