न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेबाट बजारमा आउँदै

लोकपथ
221
Shares

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेबाट साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग गरीएको कित्ता बिक्री नभएमा ढिलोमा असोज ३१ गतेसम्म बिक्री गरिने कम्पनीले जनाएको छ ।

उक्त लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

उक्त आईपीओको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि पहिलो चरणमा कम्पनीले गत भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय र लमजुङका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि गरी १५ लाख कित्ता आईपीओ बिक्री गरेको छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?