कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक जारी

लोकपथ
221
Shares

काठमाडौं । शुक्रबार (आज) नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको छ ।

बिहान साढे १० बजेबाट सिंहदरबारमा जारी बैठकमा पार्टीको आगामी महाधिवेशनका बारेमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

यसअघि बिहीबार बसेको पदाधिकारी बैठकले आगामी असोज १२ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसैगरी वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा भने असोज ९ गते नै पालिकाको अधिवेशन गर्ने तयारी गरिएको छ ।

त्यस्तै हिमाली जिल्लाहरुमा चिसो बढ्ने भएकाले दशैँ अघि नै अधिवेशन सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?