कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस कति ?

लोकपथ
182
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्षको नाफानोक्सान बाँडफाँट हिसाब तथा अन्य वितरणयोग्य कोषहरुसमेतबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १८.५ प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?