सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै छ ?

लोकपथ
949
Shares

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?