यस्तो छ आजको विनिमयदर, कुन मुद्राको भाउ कति ?

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा, बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा, बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?