कांग्रेसका चर्चित व्यक्तित्व श्रीधर शर्मा सापकोटाको नाम सिफारिश

नवलपरासी, २३ असोज— नेपाली कांग्रेसले नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट प्रत्यक्षमा चर्चित व्यक्तित्व श्रीधर शर्मा सापकोटाको नाम सिफारिश गरेको छ ।कांग्रेस नवलपरासी क्षेत्र नम्बर २ को बैठकले प्रदेशसभा क बाट शर्मासहित ६ जनाको नाम सिफारिश गरेको हो । बैठकले विष्णु प्रसाद लामिछाने, लक्ष्मी मैनाली, खड्गबहादुर राना, शंकर तिवारी र मित्रलाल भट्राईसमेतको नाम सिफारिश गर्दा श्रीधर शर्माको नाम एक नम्बरमा राखेर सिफारिश गरेको हो ।पुर्ब राष्ट्रिय  भलिबल खेलाडी ,कानुन बिज्ञ , लेखा प्रशासनका ज्ञाता , स्थानीय क्षेत्रमै रहि सामाजिक काम सक्रिय शर्माले टिकट पाए चुनाव उनकै पक्षमा हुने सो क्षेत्रका कांग्रेस नेता कार्यकर्ता बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?