९ कार्तिक २०७८, मंगलवार

हिमाली जिल्लामा दशैँअघि अधिवेशन गर्ने कांग्रेसको निर्णय

२०७८,आश्विन,७,बिहीवार २१:३४

63
Shares

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दशैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।

कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दशैँअघि नै र अरु जिल्लामा दशैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दशैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।

मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा यही असोज ९ गते पालिका अधिवेशन हुँदैछ । तेह्र जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशन केन्द्रित भएर लामो छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जानकारी दिइन् । कतिपय जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । पार्टीको महाधिवेशनबाट हुने नेतृत्व चयन प्रक्रियामा पार्टीले अङ्गीकार गरेको समावेशिताका विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि छलफल भएको कोषाध्यक्ष यादवले बताइन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष यादव, सहमहामन्त्री प्रकाशशरण महत पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: २०७८,आश्विन,७,बिहीवार २१:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गरेको छ । बार एशोसिएसनको मंगलवारको बैठकले प्रधानन्यायाधीश जबरालाई

लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र

काठमाडौं । क्रियाशील सदस्यता वितरण र नवीकरण न्यायसंगत नभएको भन्दै नेपाली कांग्रेस रौतहटका नेता कार्यकर्ता कांग्रेस मुख्यालय सानेपामा धर्ना बसेको

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७