गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि

लोकपथ
364
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले गभर्नर अधिकारीलाई कोरोना संक्रमण भएको लोकपथलाई जानकारी दिए ।

‘गभर्नर अधिकारीले दुईवटा भ्याक्सिन लगाएपनि कोरोना संक्रमण भएको हो । गभर्नर अधिकारी अहिले घरमा नै बसेका छन् ।’ उनले भने ।

अधिकारीको अवस्था अहिले सामान्य भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?