शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा, वैदेशिक लगानी पनि घट्यो

लोकपथ
143
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो (साउन) महिनामा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिवार सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै,यस अवधिमा चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।

त्यस्तै,यस अवधिमा वैदेशिक लगानी ६५.५ प्रतिशतले घटेको छ । यस अवधिमा ४८ करोड ६ लाख रुपैयाँ वैदेशि लगानी नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?