काठमाडौं । नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ ।
कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो ।
प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए । उनले बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ । सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउने बताए । उनले सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्ने बताए ।

निर्देशक झाले भने, ‘भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेको छ, त्यसले कोरोना महामारीको जोखिम झनै बढाएको छ, बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ, सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउँछ,सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्छ ।’
उनले चाड पर्वमा सतर्कता अपाउनुपर्ने आवश्यकता औल्याउँदै कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया