१८ प्रतिशतले घट्यो रेमिट्यान्स (पूर्णपाठ)

लोकपथ
13
Shares

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो (साउन) महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह १८.१ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक अवस्थाले रेमिट्यान्स घटेको देखाएको हो ।

यस अवधीसम्म ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.० प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?