नेपाल ‘एक चीन नीति’को पक्षमा सदैव उभिन्छ : राष्ट्रपति भण्डारी

लोकपथ
195
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ‘एक चीन नीति’को पक्षमा सदैव उभिने बताएकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा बिहीबार ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपालको एक चीन नीतिमा सधै उभिएको बताएकी हुन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारेकी छिन् ।

कार्यक्रममा राष्ट्रपति पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाव दिएकी छिन् । राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने महामहिम सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको उच्च प्रशंसा गरिन् ।

कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताइन् । उनले भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका उल्लेख गर्दे हाम्रा दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताइन् ।

राजदुत यान्छीले दुवै देशले पारस्परिक मित्रता एवं विकासमा विकसित भएको साझेदारीलाई महत्वपूर्ण रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?