असोज ११ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

लोकपथ
260
Shares

काठमाडौं । सरकारले दशैँ र तिहारको लागि टिकटको अग्रिम बुकिङ खुला गरेको छ ।

सरकारले यहि असोज ११ गतदेखि लामो दुरीको अग्रिम टिकट बुकिङ खुला गरेको हो । यातायात व्यवस्था विभाग, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ र महानगरीय ट्राफिक महाशाखाबीच भएको छलफलले असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ निर्णय गरेको हो ।

असोज ११ देखि टिकटको अग्रिम बुकिङ खुला भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

कोरोना संक्रमणका कारण गत वर्ष ६० प्रतिशतले यात्रुको चाप घटेको थियो । यस वर्ष पनि यात्रुको चाप घट्ने अनुमान गरिएको छ ।
हरेक वर्षको दशैंमा लामो तथा छोटो दुरीका गरी २०÷२२ लाखको हाराहारीमा मानिसहरु बाहिरिन्थे । तर यसपाली भने घट्ने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?