१८ आश्विन २०७९, मंगलवार

‘१४ औँ महाधिवेशन समयमै हुनेमा अन्योलता बढ्यो’

२०७८,आश्विन,७,बिहीवार १७:३५

198
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताएका हुन् । बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए । मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पुरा नगरी जवाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे ।

उनले भने– ‘महाधिवेशन बारेको जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ । महाधिवेशनको १३ जिल्ला जुन बाँकी छ, १३ जिल्लाको सदस्यताका कुराहरु टुंग्याउने कुरा तत्काल आजभोली गरिएन र यो तिथिमिति सार्दै जाने, जति सारेपनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ । मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरा ढुक्क भएर भन्न सक्ने अवस्थामा म छैन । महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीको नेताहरुले आउन दिनुहुन्न । त्यो अप्ठ्यारो आउन दिनुहुन्न भन्ने लागिरहेको थियो तर जुन हल्का ढंगले महाधिवेशनको बारेमा एउटाले सारौँ भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाएपनि, तन्काइदिएपनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठकपनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ? जवाफदेहीता बिनाको राजनीति पार्टीभित्र भएपछि यस्तो अवस्था भएको हो । अहिले यसलाई अन्त्य गरिएन भने यो अनन्त कालसम्म यसरी जानसक्छ । यसले हाम्रो अधिवेशनलाई थप अनिश्चित बनाएको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए । संसदप्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए । उनले भने– ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो । संसदलाई वेवास्ता गर्नुभो । पटक–पटक भंग गर्नुभयो । अहिले संसद पुर्नस्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको बिषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरुले संसदमा आफ्नो भुमिका समेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतीले संसदीय पद्धतीको गरिमा राख्न नसक्ने उनको भनाई छ ।

प्रकाशित मिति: २०७८,आश्विन,७,बिहीवार १७:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतल

हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४