संसदको दुवै सदनबाट बजेट पारित, कार्यान्वयनको प्रक्रिया सुरु

लोकपथ
286
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ ।

सरकारले संसदको दुवै सदनबाट बजेट पारित गराएसँगै बजेटको कार्यान्वयन प्रक्रिया सुरु हुने भएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्ने बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उनले बताए । उनले भने– ‘राष्ट्रपतिज्यूबाट यसमा हस्ताक्षर भइसकेपछि, लालमोहर लागिसकेपछि बजेट खुल्छ । सम्भवत्ः आजै खुल्ने सम्भावना छ । सभामुखजीले त्यसलाई प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउनुहुन्छ । त्यसपछि राष्ट्रपतिले लालमोहर लगाएपछि बजेट खुल्छ ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजिगत खर्चलाई समयमै खर्च गर्नेगरी प्राथमिकता दिएर सरकारी संयन्त्रलाई परिचालन गर्ने बताए । उनले एक, दुई दिनमै सरकार विस्तार गरिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?