ईपीएल खेल्न काठमाडौं आइपुगे पाकिस्तानी क्रिकेटर अफ्रिदी

लोकपथ
364
Shares

काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नका लागि नेपाल आइपुगेका छन् ।

बिहीबार दिउँसो काठमाडौं उत्रिएका अफ्रीदीले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन् ।

काठमाडौं किङ्ग्स ११ मा आवद्द अफ्रिदीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्ने समेत बताएका छन् ।

‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’ उनले भने ।

ईपीएल अन्तर्गतको दुई खेल खेल्नका लागि नेपाल आइपुगेका हुन् ।

आगामी असोज ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा ईपीएल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?