‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

लोकपथ
259
Shares

काठमाडौं । ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ ।

गत असोज ४ गते प्रतिनिधिसभामा पेस गरी बहुमतले पारित गरी राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाबाट पनि सोही दिन नै पारित गरि सुन्देशसहित पुनः प्रतिनिधिसभामा पठाइएको थियो ।

बिहीबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक प्राप्त भएको थियो ।

उक्त विधेयक प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

‘राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ’, सचिवालयले भनेको छ ।

संघीय संसदको दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच उक्त विधेयक पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?