कोरोना अपडेट : सक्रिय संक्रमित २० हजार, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
224
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभर १५ हजार २ सय ४३ जनाको परीक्षण गर्दा ९ सय ४१ जनाको पीसीआर र २ सय ९८ जनाको एन्टीजेन पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९ सय ५४ पुगेको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको हो ।

पछिल्ला केहीदिन यता कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएका कारण सक्रिय संक्रमितको संख्यामा कमी आइरहेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ७ सय ४३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?