बादल र टोप बहादुर सम्झिँदा प्रचण्डलाई एलर्जी !

लोकपथ
756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्व सहकर्मीहरुप्रति टिप्पणी गरेका छन् ।

बिहीबार काभ्रेको पाँचखालमा वाइसीयलको नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी छाडेर एमालेमा लागेका दुई नेताको नामै लिएर आफूलाई सम्झिँदा पनि एलर्जी हुने संज्ञा दिए ।

आफूले धेरै ठूलो मन्त्री बनाएकाहरु नै ठूलो भगौडा रहेको बताउँदै मन्त्री बनाएर धोका पाएको बताए ।

‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले तर एलर्जी हुन्छ, सम्झिँदा पनि…  कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाई नेतृत्व गर्नुस् भनेर बनाएको त।।रु’ प्रचन्डले अघि भने, ‘बिग्रेका भनेका टाठा बाठा र चुनाव जितेका धेरै छन् । मैले जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा । त्यही धोखेवाज । मन्त्री बनाएपछि ठिक हुन्छ जस्तो ठानियो तर केको हुन्थ्यो ?’

त्यस्तै आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी हुने दाबी गरेका छन् । ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?