प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते बस्ने

लोकपथ
234
Shares

काठमाडौं । प्रतिनिधिसभाको चालू अधिवेशनको बैठक असोज ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा दुई विधेयक पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बिहीबार (आज)को बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले विरोधकैबीच आर्थिक र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?