झिनो अंकले बढ्यो सेयर बजार, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

लोकपथ
195
Shares

काठमाडौं । अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा झिनो अंकले बढेको छ । आज बैंकिङ समूहको सेयरमूल्य बढेको छ । बुधबार २ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका थिए । उक्त बैंकहरुको लाभांश अपेक्षित भएको कारण पनि आज लगानीकर्ताहरु बैंकिङ समूहमा सिफ्ट भएको देखिन्छ ।

आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ बिन्दुमा पुगेको छ । आज नेप्से ०.१० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले बढेर ५३०.०२ बिन्दुमा पुगेको छ ।

आज कुल २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर खरिदबिक्री गर्दा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ । बुधबार ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँको कारोबार भएको भएको थियो ।

आज कुल १३ उपसमूहमध्ये २ वटा मात्र उपसमूहको सेयर मूल्य बढेको छ, भने ११ समूहको सेयरमूल्य घटेको छ । आज बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?