राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित

लोकपथ
208
Shares

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित भएको छ ।

बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच उक्त विधेयक बहुमतले पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरेका थिए ।

उक्त विधेयकमाथी सांसद प्रेम सुवालले संशोधनका लागि प्रस्ताव राखेका थिए । तर उक्त प्रस्ताव अस्वीकृत भएसँगै सभामुख सापकोटाले संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए ।

संसदमा उक्त विधेयकका पक्षमा बहुमत रहेको बताउँदै सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

त्यसैगरी आजको बैठकमा आर्थिक विधेयक २०७८ समेत बहुमतले पारित भएको छ ।

गत भदौ २३ गते बुधबारबाट सुरु प्रतिनिधि सभाको नवाँै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?