१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने फरार युवक पक्राउ

लोकपथ
156
Shares

काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने एक फरार युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ ‘च्याङ्गवा’लाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले २०७१ साल वैशाख १ गते तामाङलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद तथा पीडितलाई १० लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

फैसलापछि उनी फरार रहेका थिए । उनले २०७१ सालमा ती किशोरीलाई काठमाडौंमा जागिर लगाइदिन्छु भन्दै दोलालघाटबाट आफूसँगै काठमाडौं ल्याएका थिए । काठमाडौं ल्याइ कोटेश्वरस्थित शुभलक्ष्मी गेस्ट हाउसमा लगेर डर त्रास देखाएर जबरजस्ती करणी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?