प्रतिनिधिसभा बैठक : एमालेद्वारा नाराबाजीसहित रोस्टम घेर्ने क्रियाकलापलाई निरन्तरता

लोकपथ
260
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा नाराबाजीसहित अवरोध गरेको छ ।

गत भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरिरहेको एमालेले आजको बैठकमा पनि अवरोध खडा गरेको हो ।

आजको बैठकमा आर्थिक अध्यादेश २०७८ र राष्ट्रिय ऋण उठाउनेसम्बन्धी अध्यादेशमाथि पेस हुने कार्यसूची रहेको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराएसँगै एमाले सांसदहरु रोस्टम घेर्न गएका थिए ।

निरन्तर अवरोध पु-याइरहेका एमाले सांसदहरुले संसदीय मर्यादा कायम राख, पार्टी फुटाउने अध्यादेश मुर्दावादलगायतका नाराहरु लगाइरहेका छन् ।

एमालेले एकीकृत समाजवादीमा गएका सांसदहरुको कारबाहीलाई सभामुखले सदर नगरेको भन्दै सभामुखप्रति एमाले सांसदहरु आक्रोशित बनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?