३१ आश्विन २०७८, आईतवार

सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडनद्वारा निन्दा

२०७८,आश्विन,७,बिहीवार १३:१५


काठमाडौं । दक्षिण सुडानले सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको निन्दा गरेको छ । सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ ।

अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दनीय भएको दक्षिण सुडानको विदेश मन्त्रालयले जनाएको छ ।

सुडान अहिले राजनीतिक सङ्क्रमणकालको चरणमा रहेकाले राजनीतिक दलहरुले यसअघि गरेका प्रतिबद्धताअनुसार प्रजातान्त्र सुदृढ गर्न लाग्नुपर्ने सो मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका थिए ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,आश्विन,७,बिहीवार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी धर्म प्रचारक र तीनका परिवारका सदस्यहरूलाई सशस्त्र गिरोहले हाइइटीको राजधानी पोर्ट(ओ(प्रिन्स नजिकै बन्धक बनाएका विवरण आएका छन्।

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ ।

काठमाडौं । पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

काठमाडौं । भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०